नेविसंघले महाराजगञ्ज मेडिकल क्याम्पसमा फर्कायो बिरासत

काठमाडौं । नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ नेविसंघले महाराजगञ्ज मेडिकल क्याम्पसमा गुमेको बिरासत फर्काएको छ । नेविसंघको किल्ला मानिने उक्त क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक बदला लिंदै नेविसंघले आफ्नो भत्किएको बिरासत फर्काएको छ ।

सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् । सभापतिमा नेविसंघका विवेककुमार यादव विजयी भएका छन् । यादवले ८४१ मत पाए भने अखिलका पंकज गुप्ताले ७०४ मत मात्रै पाए । यहाँ अखिल क्रान्तिकारीका अशोक घर्तीमगरले ३६ र नेपाल जनमत संघका राहुलकुमार यादवले ११ मत पाए । यस्तै, सचिवमा यासिका यादव र कोषाध्यक्षमा सागर चौलागाईं विजयी भएका छन् । उनीहरु पनि नेविसंघकै हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *