लामिछानेले दायर गरेको रिटको पेशी न्यायाधीश तिवारीको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदनको पेसी चढेको छ ।

बुधबार रविको रिटको पेशी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको हो । रविले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध गत शुक्रबार उच्च अदालतमा रिट हालेका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनीसँग ६० लाख रुपैयाँ धरौटी मागेको थियो ।

तर, काठमाडौं जिल्ला अदालतको उक्त आदेश बदरको मागसहित उनी उच्च अदालत पुगेका छन् । उनले साधारण तारेख माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *