प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र पोखरा महानगरपालिका–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता भएको छ । कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहेको छ । दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरे । कार्यक्रममा अध्यक्ष दुवाडीले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरे । बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरे । सम्झौताले पोखरा महानगरपालिका वडा नं.९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोवार नगद रहीत बनाउने उद्देश्यका साथ क्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ । यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा उपलब्ध गराउनेछ ।