‘ऊनको स्वीटर’ को गीत ‘चाइनेजो जिन्दगानीमा’

काठमाडौं। नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ ।

चलचित्रका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको निर्देशक नवीन चौहानले जानकारी दिए । गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, ‘चाइनेजो जिन्दगानीमा गीतमार्फत हामी आर्टमाण्डूको नेपाली चलचित्रको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान हो, जसले नेपाली फिल्मलाई आजको स्थानसम्म पुग्न आधार तय गरेका थिए ।’

गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।

‘चाइनेजो जिन्दगानीमा’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *