नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आज नेप्से परिसूचक १४.८७ अङ्कले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको हो । आज ३१४ कम्पनीको दुई करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर एक लाख दुई हजार ४४५ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार ६१२ बराबरको कारोबार भएको छ । विकास बैंक समूह ०.८८, जीवन बीमा ०.९५ र उत्पादन तथा प्रशोधन समूह ०.३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३०, वित्त १.९१, होटल तथा पर्यटन २.२१, जलविद्युत् १.१८ र लगानी समूह ०.७९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त ०.६९, म्युचुअल फन्ड ०.१८, निर्जीवन बीमा समूह ०.५९, व्यापार २.४६ र अन्य समूह ०.६० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेडको सबै भन्दा बढी ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार ४८९ कित्ता शेयर किनबेच भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *