‘हुन्डाई क्रेटा ईभी’ चितवनमा सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चितवन भरतपुरमा ‘क्रेटा ईभी’ सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सफलतासाथ आयोजना गरेको छ । हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुण्स्तरी सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभरि फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालको अग्रणी अटो ब्रान्डमध्ये एक बनेको छ । कम्पनीका अनुसार नयाँ क्रेटा ईभी (इलेक्ट्रिक भेहिकल) को आगमनले विद्युतीय गाडी सम्बन्धी सोच र शंका भएका ग्राहकलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलाई ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टका विषयमा शंका हुने गरेको देखिन्छ । तर, हुन्डाई नेपालले देशमै आईसीई, पेट्रोल मोडेलको निर्माण कार्य थालिसकेको छ । क्रेटा ईभी र आईसीई, दुवै मोडेलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकाले अब कुनै समस्या नहुने हुन्डाई नेपालले जनाएको छ । त्यसैगरी लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई पनि अझै मजबुत बनाउन ‘रि–ल्याक्स’ चार्जिङ नेटवर्क विस्तार गर्दै छ ।

जस अन्तर्गत अहिले देशभरिका विभिन्न ठाउँमा रि–ल्याक्स डीसी र एसी गरी ६६ चार्जर सेवा सरु भइसकेको छ । अब ग्राहकलाई हुन्डाईको पेट्रोल आईसीई र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीको छ । नेपालका हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले २९ वैशाखमा भतरपुरको पिनाकल ट्रेडिङ प्रालि (हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । कार्यक्रममा सहभागीबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको हुन्डाई नेपालले जनाएको छ । कार्यक्रम स्थ्लबाट ५ युनिट क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण गरिएको छ । कम्पनीका प्रतिनिधिले कार्यक्रमका सहभागीसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *