प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बाेलाएका हुन्। आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ । डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद रिक्त छ।
कांग्रेस-एमालेबिच गभर्नर कसलाई बनाउने भन्ने विषय पछिल्लो समय जटिल बन्दै गएको छ।