सांसद  मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित स्वतः निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् ।

सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो । अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा ३ अर्ब ३१ करोड बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३३ को व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *