जेठ १५ मा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर नेपाल प्रहरी हाई अलर्ट मोडमा

काठमाडौं । जेठ १५ गते राजधानीमा हुने भनिएको राजावादी प्रदर्शनलाई लिएर नेपाल प्रहरी हाई अलर्ट मोडमा गएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले उपत्यकाका सबै प्रहरी प्रमुखलाई प्रदर्शनमा सतर्क रहन निर्देशन दिएका छन्। राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित सुरक्षा समन्वय बैठकमा थापाले यस्तो निर्देशन दिएका हुन्। आईजीपी थापाले पछिल्लो समय ‘राजनीतिक व्यवस्था र संविधानविरोधी गतिविधि सल्बलाउन थालेको’ भन्दै त्यसलाई ‘अत्यन्त गम्भीर’ रूपमा लिनु पर्ने बताए। उनले भने, “कानूनको कार्यान्वयन, जनताको सुरक्षा र जनजीवनको सहजता-तीनै प्राथमिकतामा रहनुहोस्।” प्रदर्शनको नाममा अराजकता भए कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै थापाले प्रहरी युनिटहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

आईजीपी थापाको सम्बोधनमा संगठनभित्र अनुशासन भंगका घटनामाथि कडा टिप्पणी पनि थियो। हालै नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल प्रहरीमाथि हातपात गरेको घटनालाई संकेत गर्दै उनले भने, प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्युटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताए ।

‘त्यसमाथि पनि पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु एकदमै मर्यादाहीन र संगठनका लागि लज्जास्पद कुरा हो’, आईजीपी थापाले भने 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *