रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।

सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको लागि पेशी तोकिएकोमा हेर्न नमिल्नेमा परेको हो । स्रोतका अनुसार लामिछानेका पक्षबाट बहस गर्ने वकिल न्यायाधीशका नातेदार परेपछि न्यायाधीशले आजको पेशी हेर्न नमिल्नेमा राखेका हुन् ।  योसँगै लामिछानेको यो बन्दीप्रत्यक्षीकरणको रिट छैटौं पटक हेर्न नमिल्नेमा परेको छ । 

रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकाननुी थुनामा राखिएको जिकिरसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *