हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ । बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारणसभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गरेका थिए । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सहित सोही आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांशले कर सहित प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारणसभाले बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।
















