नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्दै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउने काममा तिव्रता दिएको छ । प्राधिकरणले आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागको हो ।
आन्तरिक हवाई उडानलाई प्राधिकरणले थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हिजो (बुधबार) हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धि नयाँ व्यवस्था लागू गर्न लागेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३र३ वा ६र६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिर्माजन गर्ने गरिएको बताए। उनले २७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरुसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको उनको भनाइ छ ।
विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको भुसाले बताए । प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताएको छ ।
हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेकाले आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने उनको भनाइ छ। पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैं ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताए।
भुलले चालक दलका सदस्यको थकानको जोखिम न्युनिकरण गर्न उडानमा दुईभन्दा बढी चालक दलका सदस्य हुँदा थप समय उडान गर्न पाउने व्यवस्था खारेज गर्न लागेको उनले बताए । वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको उनले उल्लेख गरे ।














