रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सरकारबाट फिर्ता हुने संकेत

काठमाडौं । सात दलीय भागबन्डामा परेको गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने वा अडिने भन्ने अन्तिम निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बिहीबार साँझ बैठक बोलाउने तयारीका लागि सभापति रवि लामिछानेसँग छलफल भएको बताएका हुन् ।

प्रधानमन्त्रीले पार्टीलाई गृह मन्त्रालय दिने–नदिनेबारे कुनै संकेत नदिइएकाले बैठक बसेर अन्तिम निर्णय गर्न लागिएको प्रवक्ता ढकालले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमा अर्को नाम पठाउन भन्नुभएन। पार्टी सभापतिलाई पनि पुनः नियुक्त गरिएन। अब सरकार छाड्नुपर्ने निष्कर्षमा पुग्न बैठक बोलाइएको हो ।’

प्रचण्डले रविलाई गृह मन्त्रालय नदिने अड्डी लिएपछि सत्ता सहयात्री एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीलाई दबाब दिइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *