सिटिजन्स बैंक र दृष्टि आई केयरबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको कलंकीमा रहेको दृष्टि आई केयर सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डबाहकले दृष्टि आई केयरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।















