बहराइनले सिंगापुरलाई दियो २८७ रनको लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत समुह बि मा रहेको बहराइनले सिंगापुरलाई २८७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाउदै २८६ रन बनाएको हो ।

बहराइनका लागि फैज अहमदले सर्बाधिक ७९ रन बनाएका थिए । त्यस्तै शाहबाज बाडरले ७६ रन बनाए भने सोहेल अहमदले ४६, कप्तान हैदर बटले २९ तथा मुहमद योउनिसले २३ रन बनाएका थिए ।

त्यसैगरी सिंगापुरका बलर रमेश कालिमुथु, थिलीपान ओमईदुरइ र विनोथ बास्करनले २-२ विकेट लिएका थिए ।

अब २८७ रनको लक्ष्य पाएको सिंगापुरले केहि बेरमा जवाफी ब्याटिंग गर्दै छ ।

सिंगापुर यसअघि आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने बहराइनले आफ्नो पहिलो खेल खेलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *