सेकुवा पोल्न महानगरले लगायो रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ ।

पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै महानगरपालिकाले रोक लगाउन सुरु गरेको हो ।

महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरूमा पनि गुनासो समेत आउन थालेपछि रोक लगाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *