रेशम चौधरी सर्वोच्चको फैसला स्वीकार्दै पुनरावलोकनमा जाने

काठमाडौं । कैलालीको टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च अदालतको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन पनि उनले अनुरोध गरेका छन् ।

चौधरीले आफू अझै न्यायीक पर्खाइमा रहेको बताउँदै पुनरावलोकनको बाटो खुल्ला रहेको पनि स्पष्ट पारेका छन् । ‘सम्मानित सर्वोच अदालतले गरेको फ़ैसलामा मप्रति न्यायिक नहुन सक्छ । तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ।

हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ, साथै सम्मानित अदालतलाई सबैले उत्तिक्कै सम्मान गर्नुपर्दछ। अहिले टिकापुर घटनाको फैसलालाई अनर्गल बनाउदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न हुन अनुरोध गर्दछु। मलाई अझै सम्मानीत सर्वोच्च न्यायलय प्रती भरोसा छ। हामी अझै न्यायीक पर्खाईमा छौं,’ चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफू अहिले पुस्तक लेखनको तयारीमा रहेको र चाँडै प्रकाशन गर्ने उनको भनाइ छ । उनले पुस्तकको नाम ‘धरातल’ रहेको पनि जानकारी गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *