फरार रहेका एलओडीका मालिक राजुसिंह सुवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको छ ।

ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पुर्जीको आधारमा सुवाललाई काठमाडौं प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो । एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको निवेदन प्रहरीलाई दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयासमा लागि परेको थियो ।

ललितपुर प्रहरी परिसर स्रोतका अनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव र राजुसिंहमात्र सञ्चालक रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको थियो ।

एलओडी क्लब पुगेकी १५ वर्षीया नाबालिगलाई पोखरा घर भएका ५० वर्षीय सुदन कोइरालाले ललितपुर आफ्नो कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ । कोइरालालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *