कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ ।

मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । कोलम्बियाको जितमा काटालिना उस्मेले खेलको ५१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो हारसँगै जमैकाको विश्वकप यात्रा समाप्त भएको छ । अब कोलम्बियाले क्वाटरफाइनलमा इङल्याण्डको सामना गर्ने छ । यो खेल अगस्त १२ मा हुने छ ।

यसका साथै कोलोम्बिया, इङल्याण्ड, अस्ट्रेलिया, जापान, स्विडेन, स्पेन र नेदरल्याण्डस महिला विश्वकपको क्वाटरफाइनलमा पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *