गृहमन्त्री र अर्थमन्त्रीको बयान प्रहरी र राजश्वले लिन सक्छ: योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले सुन प्रकरणमा उच्चस्तरीय छानबिन बनाउने विषयमा राष्ट्रिय सहमति बनेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणको छानबिनको अपेक्षा गरे पनि उच्चस्तरीय छानबिन गर्न सरकार किन पछि हट्दैछ भन्ने प्रश्न गरेका छन् ।

सांसद भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ भन्दै प्रहरी र राजश्व अनुसन्धान विभागले गृहमन्त्री र अर्थमन्त्रीको बयान लिन नसक्ने बताए ।

उनले गृहमन्त्रीले पछिल्लो समय भ्रष्ट्राचार गर्नेलाई छोड्दिन भन्दै सार्बजनिक रुपमा राम्रो भाषण गरिरहेपनि आफ्नो पार्टीका नेताको नाम आएको इ-सिगरेटमा सुन भित्र्याएको प्रकरणमा छानबिन गर्न चासो नदेखाएपछि आफुहरुले उच्चस्तरीय छानबिनको माग गरेको बताए ।

विगतमा पनि सुडान घोटालामा पनि उच्चस्तरीय छानबिन समितिले छानबिन गरेपछि वरिष्ठ प्रहरीहरु जेल गएको बताउदै सुन प्रकरणमा पनि उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको स्पष्ट गरे ।

सांसद भट्टराईले कानुनी अड्चनलाई फुकाउन र नयाँ कानुनको प्रबन्ध गर्न पनि उच्चस्तरीय समिति आवश्यक रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *