प्रतिनिधिसभा बैठक जारी , गृहमन्त्रीले जवाफ दिँदै ( लाईभ भिडियो )
काठमाडौं । १३ दिनपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तयार भएपछि एमाले लचक भएको हो । अहिले विभिन्न दलका सांसदले बोल्नेक्रम जारी छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको सूचना पढेर सुनाउने भएका छन् ।
बैठकको सुरुमा दलीय आधारमा एक–एक जना र स्वतन्त्र सांसद गरी १३ जनाले बोलिरहेका छन् । त्यसपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिुभवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झण्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन ।
लाईभ भिडियो
















