धर्मको नाममा केहीले राजनीति गरिरहेका छन् ः खतिवडा


काठमाण्डौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले कोशी प्रदेश, सर्लाही र नेपालगन्जमा धार्मिक सद्भाव खल्बल्याउनका लागि राजनीतिक व्यक्तिहरू पनि सक्रिय रहेको बताए । त्यसरी धर्मको नाममा राजनीति गर्दा समाजमा सहिष्णुता खल्बलिएको बताए ।आज देश अप्ठ्यारो अवस्थामा गइरहेको महसुस भइएको छ । केही मान्छेहरू एउटा समुदायलाई इंगित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य निकालेर हिँडेका हुन्छन् ।

कोही धर्मको नाउँमा राजनीति गरिरहेका हुन्छन् । धार्मिक सहिष्णुता खल्बल्याउने काममा लागेको देखिन्छ उनले भने, हामी नेपालीहरू एकीकृत भएर सद्भावपूर्ण रूपमा बाँचेका, बसेकालाई विभिन्न बहनामा धर्मको नाउँमा झगडा गराउने कामहरू भएको देखिन्छ । धरान, सर्लाही र नेपालजन्जमा धार्मिक सद्भाव खल्बल्याउने काम भएको भन्दै तिनलाई तुरुन्त बन्द गर्नुपर्ने उनले बताए । संसद्मा रहेका सबै राजनीतिक दलहरूले धार्मिक सहिष्णुताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खतिवडाको आग्रह थियो । संसद्मा हुँदा केही गर्न नसकेपनि देशमा सबै पार्टीहरू एकताबद्ध छन् भन्ने सन्देश दिनुपर्ने आजको आवश्यकता महसुस गरेका छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *