सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।
सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको मंगलबार तेस्रो पटक हो ।
यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
















