अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस

काठमाडौं । अष्ट्रेलियाको राजदूत बनाउन नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो ।

रिजाल इजरायलबाट फिर्ता हुँदा सहयोगी स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनी नाम राजदूतबाट फिर्ता लिइएको थियो । ‘कांग्रेसले पार्टीबाट चित्रलेखा यादवको नाम सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँको नाम सिफारिस गर्छ । यादव कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *