प्रभु महालक्ष्मी लाइफले गर्‍यो वार्षिक साधारणसभा आह्वान

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गतेका लागि साधारण सभा आह्वान गरेको हो । उक्त सभामा १० प्रतिशत बोनस सेयर जारी गर्ने तथा कर प्रयोजनको निमित्त ०.५२६ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी, कम्पनीले १७ प्रतिशत हकप्रद जारी गर्ने गरेको निर्णयलाई संशोधन गर्ने भएको छ । आगामी साधारणसभामा १७ प्रतिशत हकप्रद जारी गर्ने निर्णयलाई संशोधन गरेर बोनस सेयर जारी गरेपश्चात कायम चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *