नेपालपत्र न्युजका सम्पादक खड्का सम्मानित
काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नेपालपत्र न्युज डटकमका सम्पादक माधव खड्कालाई सम्मान तथा पुरस्कृत गरेका छन् । बागमती प्रोस्कूनको चौंथो साधारण सभा र ललिपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं साधारण सभाको अवसरमा उनलाई सम्मान गरिएको हो । दुवै कार्यक्रमका प्रमुख अथिति भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नगद र सम्मानपत्रले खड्कालाई सम्मान गरेका थिए ।

बागमती प्रोस्कूनले नगद ८ हजार ५ सय सहित सम्मानपत्रले र ललितपुर बचत संघले नगद ५ हजार ५ सय ५५ रुपैँया नगद र सम्मानपत्रले खड्कालाई सम्मान गरेका हुन् । सम्पादक खड्काले विगत एक दशकदेखि सहकारी क्षेत्रको किास र प्रवर्ध्दनका साथै सुधारका लागि आफ्नो क्षेत्रबाट निरन्तर कलम चलाई राखेका छन् । पत्रकारिताका माध्यमबाट उनले सहकारी क्षेत्रका सकारात्मक सूचना प्रभाव गरी आमजनमानसमा यस क्षेत्रको महत्वको बारेमा जानकारी दिनुका साथै सहकारीका विकृति विसंगतिहरुका बारेमा समेत निरन्तर खवदारी गर्दै आएका छन् ।
















