बिमा प्राधिकरणको अध्यक्षमा दहाल

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव मदन दहाललाई दिइएको छ । हालका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि अर्को व्यवस्था नभएसम्म सहसचिव दहाललाई अर्थ मन्त्रालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।

बिमा ऐन २०७९ को दफा ९६० बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका दहाल बिमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *