लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
आज बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा रविमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । रविलाई आज अन्तिम पटक म्याद थपेर अर्को पटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।

















