काठमान्डुले जनकपुरलाई दियो १०२ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले जनकपुर बोल्ट्सलाई एक सय दुई रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो ।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसी १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए ।

















