शिथिल अङ्गमा नौमुजाका निधार ।।
पैतालाका धुलो मईलो
अझै धुन बाँकि नै छ
बुझने देख्ने कोहि छैन
अझै रुन बांकि नै छ ।१
हातभरि उठ्या ठेला
निको अझै भाको छैन
नाम्लो बोक्या निधारमा
अझै खाटा गाको छैन ।२
सपनिको हिलो धुलो
सफा हुन बांकि नै छ
मनको धोको फुकाएर
अझै रुन बांकि नै छ ।३
उमेरमा सबै प्यारा
हाँसि बचन भईयो
हित दिनले खुसिबाट
लम्कि अघि गईयो ।४
अत्तो पत्तो हुदैनथ्यो
खुस्किएको आफ्नो टांकि
पहराका छाल जस्तो
अझै पनि रुन बांकि ।५
बुढो आफू हुन्न होला
भन्ने मेरो सोच भयो
झरि पर्दा छैन ओेत
सेवा सुशार सबै गयो ।६
ढिकि जांतो सबै सकि
पानी लिन पधेंरोमा
जानु पर्थ्यो गाग्रो बोकि
शुभ साँझ अधेंरोमा ।७
कुना काप्चा कन्दरामा
घाँस पराल दाउरा
उमेरले गर्दा आज
गालामा परे चाउँरा ।८
कति हंसि मुहारमा
सुखि चर्या सबै जित्यो
संझनाको पिरलोमा
आजभोलि दिन बित्यो ।९
स्वार्थताको भावनामा
कहिं कतै लागिएन
माया मोह सिष्ट बिना
मन अन्त जागिएन ।१०
नौमुजाका निधार भए
छोरा छोरी जवान
कपाल पनि तैरि गए
कमजोरीमा नयन ।११
भात भान्छा स्याहारमा
हाम्रो दिन बित्दै गयो
कस्तो कर्म बुढो हुंदा
नैरास्यमा मन भयो ।१२
छोरा छोरी नातिहरु
हुदां खुसि जति पनि
मायाजालमा सधैं बस्ने
स्वार्थि पन मन धनी ।१३
जुरु मुरु गर्न हुन्न
शक्तिभर आटं छैन
दैवलिला कस्तो कर्म
उठ्ने अब छांट छैन ।१४

बिबेकता छैन घरमा
हाँसि खुसि बचनका
देखावटि मायाबोलि
घृणा रुपि सज्जनका ।१५
हाम्रो दुख सँगै लान्छौ
किन छोडनु पर्छ अब
तिम्रा पनि ढल्छ उमेर
हुन्छ होला थाहा जब ।१६
नैरास्याका ज्वारभाट
अब उठ्दै आउने छ
सच्चा चोला मायाँ मोह
बुझौं कस्ले पाउंनेछ ।१७
कति खुशि हुन्थ्यो मन
बाल वच्चा काखि च्याप्ता
सुख दुख जेनै भयो
जतिपनि पिडा खप्दा ।१८
बुढेसकालमा लौरी विना
सकिदैन कतै जान
रुखो पिठो जेनै दिन्छन
आत्मियता मिठो खान ।१९
जहाँ जाउँ शरीर हाम्रो
मिठास रहे सम्म हुन्छ
पाए हुन्थ्यो खुशि बचन
नत्र हाम्रो मन रुन्छ। २०
दुख सुख चुनौतीको
भोगप्यास कति मिठो
खुसि हुन्थ्यो हाम्रो मन
खादां एक डल्लो पिठो ।२१
चरी जस्तो चिरचिर्याउंथे
गुडं भरि बच्चा थिए
माया मोह मित्रताका
खुसि बराबरि लिए।२२
मनको दुख नहुनाले
पिडावोध सबै भूल्थ्यौं
रमाएर जिउँनलाई
हासि खेलि रमि डुल्थ्यौं ।२३
धाई धाई पानि लिन
पधेरिमा जानु पर्थ्यो
आत्तिएर बच्चा रुदां
त्यहि मायाँ मनमा सर्थ्यो ।२४
बुढेसकालको सहारामा
हासि खुसि खेली खादां
अहिले मन धेरै रुन्छ
मोहित मुहार छोडी जादा ।२५
जालि थियो हाम्रो मन
सधै हवस सुख खोज्थे
केटा केटि नवुझनेथे
ईच्छारुपि भाव रोज्थे ।२६
हिजो जस्तो थियो मन
हासि खेलि रमिएको
माया मोह नजरमा
हित्तचित्त जमिएको ।२७
सगरले थिचे जस्तो
उमेरको गति भयो
माया प्यारमा अल्झिएर
दुखपिडा उच्च गयो ।२८
(हाल अष्टेलिया )
















