इसेवालाई विश्वस्तरीय सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस’ को मान्यता

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले विश्वस्तरीय कार्ड डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डिएसएस भर्सन ४.०.१’ को मान्यता प्राप्त गरेको छ । यो प्रमाणीकरणले इसेवामार्फत गरिने कारोबार र ग्राहकका डाटा पूर्ण रूपमा सुरक्षित रहेको थप प्रमाणित गरेको छ । विश्व प्रसिद्ध ‘पिसिआई सुरक्षा मापदण्ड परिषद्’ द्वारा निर्धारित सुरक्षित नेटवर्क, डाटा सुरक्षा, जोखिम व्यवस्थापन र नियमित अनुगमन जस्ता कडा मापदण्डहरू पूरा गरेपछि इसेवाले यो सफलता हात पारेको हो । इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले यस प्रमाणीकरणले प्रयोगकर्ताको विश्वास र डाटा सुरक्षाप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए । उनले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणालीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । इसेवा यसअघि नै सूचना सुरक्षाका लागि ‘आइएसओ २७००१:२०२२’ बाट समेत प्रमाणित भइसकेको छ । सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने लक्ष्यका साथ इसेवाले आफ्ना सुरक्षा अभ्यासहरूलाई निरन्तर सुदृढ गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *