प्रसाईं भाग्न चढेको गाडी इटहरीबाट नियन्त्रणमा

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं चढेर भागेर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरीबाट बिएबी ४२०८ नम्बरको एसयुभी नियन्त्रणमा लिएको हो। सो गाडी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। गाडी अहिले कार्यालयकै परिसरमा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी टेक तामाङले जानकारी दिए। यहाँ काठमाडौंबाट भाग्नका लागि चढेको जुन गाडी हो, त्यही गाडी इटहरीमा फेला परेको हो। अहिले गाडी काठमाडौं ल्याइसकिएको छ ।

गाडीमा चढ्नुअघि प्रसाईं सटरभित्र लुकेको र पछि उनका सहयोगीहरूले गाडीमा पुर्‍याइदिएका भिडिओहरू पनि सामाजिक सञ्जालमा देखिएका थिए। इटहरीमा गाडी फेला परेसँगै प्रसाईं भारत भागेको आशंका छ। प्रसाईं तीनकुनेबाट भागेर पहिले आफूलाई धर्मगुरू भन्ने पुष्कर खतिवडाको इमाडोलस्थित घरमा पुगेका थिए। त्यहाँ फलफूल खाएर, त्यही गाडी चढेर प्रसाईं काठमाडौं उपत्यका बाहिर निस्किएको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *