इजरायली विमानस्थल आक्रमणमा इरानको संलग्नता छैनः तेहरान

तेहरान । विद्रोहीहरूले क्षेप्यास्त्र आक्रमणको दाबी गरेपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थलमा यमनी हुथी समूहको आक्रमणलाई समर्थन गरेको आरोपलाई इरानले सोमबार खण्डन गरेको छ ।

प्यालेस्टिनी जनताको समर्थनमा यमनसँगको एकतामा लिइएको स्वतन्त्र निर्णय भएको इरानको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । आइतबार यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रले बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा गहिरो खाडल पारेको छ जसमा छ जना घाइते हुनुका साथै केही समयका लागि उडानहरू अवरूद्ध भएका थिए ।

इरान समर्थित हुथीहरूले बेन गुरियनविरुद्ध ‘हाइपरसोनिक ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको र इजरायली एयरपोर्टहरूमा थप आक्रमणको चेतावनी दिँदै जिम्मेवारी लिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणका लागि हुथी र इरानलाई कडा जवाफ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

टेलिग्राममा प्रकाशित एक भिडियोमा नेतान्याहूले इजरायलले विगतमा हुथीहरू विरुद्ध ‘कारबाही गरेको र हुथी समूहले इजरायली विमानस्थलमा गरेको पछिल्लो आक्रमणको भविष्यमा जवाफ दिने बताएका छन् । यी चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानले सोमबार आफ्नो भूभागमा हुने कुनै पनि आक्रमणको बदला लिने चेतावनी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *