छानबिन समितिको संयोजकमा जीवन परियार

काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिको छानबिन गर्न संसदले विशेष समिति गठन गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकमा उल्लेखित कुलिङ पिरियडसम्बन्धी छेडखानीको अध्ययन तथा छानबिनका लागि सात सदस्यीय संसदीय विशेष समिति बनाएको हो । सभामुख देवराज घिमिरेले प्रस्ताव गरेको उक्त समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् ।

समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ । सभामुख घिमिरेले विशेष समितिलाई त्रुटि छानबिन गर्न २१ दिनको समयावधि दिइएको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *