‘भगवान शिव चाम्लिङ हुनसक्छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरेका हुन् । शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान् शिव पनि चाम्लिङ हुनसक्ने प्रधानमन्त्री ओलीको तर्क छ । तर, उक्त विषय आफूले दाबी भने नगरेको ओलीको भनाइ थियो ।
उनले भने, ‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ हामी । शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो, शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो ।’प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् ।














