निर्जीवन बीमाको व्यापार ६.७७ प्रतिशतले बढ्यो,शिखर इन्स्योरेन्स अगाडि

काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्बभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । आव २०८१।८२ मा बीमा कम्पनीहरूले आर्जन गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढेको छ । कम्पनीहरुले आव २०८०।८१ मा २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै व्यवसाय गत आवमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले भने नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । समीक्षा वर्षमा शिखर इन्स्यारेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको । जुन अघिल्लो वर्षको तुलनामा ५.९२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले गत आवमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले आफ्नो व्यवसाय ४.४७ प्रतिशतले बढाएको छ । तेस्रो धेरे व्यवसाय आर्जन गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स रहेको छ । सिद्धार्थ प्रिमियरले गत आवमा ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको व्यवसाय १०।१४ प्रतिशतले बढेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गत आवमा नेको इन्स्यारेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । समीक्षा वर्षमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यापार घटेको छ । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा संकलन गरेकोमा गत आवमा १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । समीक्षा वर्षमा कम्पनीको व्यापार १३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, समीक्षा वर्षमा नेशनल इन्स्योरेन्सको व्यापार ११.४४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *