वार्तामा आउन जेनजीलाई राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् । लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु, राष्ट्रपतिले भनेका छन् ।

















