कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी
काठमाडौं । ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ ।
रवि र बालेनबीच बिहीबार वार्ता भएको थियो । मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ललितपुरको ज्वागलमा उनीहरूबीच वार्ता भएको थियो । वार्तास्थलबाट निस्किँदै गर्दा लामिछानेलाई सञ्चारकमीको प्रश्न थियो, बालेनले घण्टी बजाउने कि तपाईंले लौरो टेक्ने ? जवाफमा लामिछाने भने, त्यो त समयले नै बताउनेछ ।
















