पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । उनी पुस १४ गते बयान दिन जाने भएका हुन् । पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकपछि उनले सञ्चारकर्मीसँग आगामी सोमबार बयान दिन जाने बताएका हुन् ।

जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई आयोगले बयानका लागि पत्र काटिसकेको छ । आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । र, मैले आयोगमा जाने निर्णय गरेको छु । जान्छु, आयोगमा जान्छु, लेखकले भने, उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *