काभ्रेपलाञ्चोक जिल्ला बचत संघको अध्यक्षमा पुनः कायस्थ

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २८ औं साधारण सभा सम्पन्न भएको छ । सभाले उदयराम कायस्थको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । कायस्थ यस अघि पनि सोही संघको अध्यक्ष थिए । संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गरेको व्यवस्था अनुसार ९ सदसिय सञ्चालक समिति चयन गरको हो । संघको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिवमा राजन अधिकारी र कोषाध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

संघको महिला सञ्चालकमा चन्दा श्रेष्ठ र सञ्चालकहरुमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, विनोद सापकोटा र जान्दवी अधिकारी रहेका छन् । संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शिवप्रसाद आचार्य र सदस्यहरुमा नवराज के.सी. र राजकुमार आचार्य चयन भएका छन् । सर्वसम्मत रुपमा संघको सञ्चालक समिति चयन गरिएको हो । सञ्चालक समितिको कार्यकाल ४ बर्ष रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *