लक्ष्मी सनराइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही अवधिको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ ।

साथै आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २०८१।८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन र २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *