कांग्रेस समानुपातिक बन्दसूची, आङ्देम्बेको नाम एक नम्बरमा, केसी दोस्रोमा
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका थिए भने ०७४ र ०७९ मा चुनाव हारेका थिए । त्यस्तै, कांग्रेसले अर्जुननरसिंह केसीको नाम समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा राखेको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाउन तयार पारेको सूचीमा केसीको नाम समावेश गरेको जनाइएको छ । कांग्रेस नेताहरूका अनुसार, केसीका नाम समानुपातिकमा राख्ने कि नराख्ने भन्नेमा विवाद भएको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कांग्रेसले मध्यरातसम्म छलफल गरेर समानुपातिक उमेदवार टुंगो लगाएको हो ।
















