मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ । पुस २५ गतेदेखि लागु हुने गरी ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना नेपाल न्याय सेवाका राजपत्रांङ्कीत द्धितीय श्रेणीका अधिृकतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत र अधिकृतले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरि कार्य सञ्चालन गर्ने भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *