हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । नेपाली समाज भारतको आयोजनामा नयाँदिल्लीमा सोमबार आयोजित ‘एकता सन्देशसभा तथा साक्षात्कार कार्यक्रममा प्रचण्डले राम्रो काम गर्न खोन्दा खोज्दै संविधान मिचेर लोकतन्त्रको मर्मविपरीत गरेको कामको परिणाम घातक हुन्छ भनेको अहिले भोगेको उल्लेख गरे ।

नेपालीहरूको मनमा निकै ठूलो सन्त्रास भएको थियो । राज्यविहीनता जस्तो, जसरी लुटपाट आगजनी र विध्वंश मच्चिएको थियो त्यो असली जेनजीहरूको हातबाट भएको थिएन भदौ २३ र २४ गते । निकै ठूलो डिजाइन थियो । निकै ठूलो घुसपैठ र डिजाइनका साथ भएको पनि उनको दाबी छ । आइतबार दिल्ली प्रस्थान गरेका प्रचण्ड सोमबार फर्कने कार्यक्रम थियो तर, प्राविधिक कारणले मंगलबार फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *