कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बुधबारका लागि सारिएको छ । २३ पुस बिहान ९ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् । ११ माघमा हुने राष्ट्रिय सभामा कांग्रेसबाट हुने उम्मेदवार र अन्य दलसँगको गठबन्धनका एजेन्डामा कार्यसम्पादन समितिको बैठक सोमबारदेखि जारी छ । आजको बैठकले अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको छ । कांग्रेस र एमालेबीचमा राष्ट्रिय सभामा चुनावी तालमेल गर्ने सहमति बनिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *