रविलाई दुई पटक गृहमन्त्री बनाएको हुँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन मिल्दा आफ्नो पार्टीलाई कुनै डर नभएको बताएका छन् पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले रविलाई धेरै अफ्ठ्यारो स्थितिमा पनि साथ दिएको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बालेन रवीको गठबन्धनबाट विल्कुल डराएका छैनौँ ।
रविलाई धेरै अफ्ठ्यारो स्थितिबाट मैले उहाँलाई साथ दिँदै आएको हो । मेरो क्याबिनेटमा दुई पटक गृहमन्त्री पनि बनाएको हो, उनले भने, ‘त्यसकारण उहाँहरू गठबन्धन भएर म किन डराउने ? उहाँहरूसँग कुरा गर्न मलाई केही आइतबार पर्खिनुपर्ने पनि छैन । डर पनि छैन । प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँगको तालमेको निर्णय नभइसकेको बताए । उनले राष्ट्रिय सभामा तालमेल हुनु अनौठो नभएको र मतभारअनुसार अधिकार भएको पनि बताए ।
















