भृकुटीमण्डपको सुरक्षा व्यवस्था मिलाइदिन सीडीओलाई विशेष महाधिवेशन पक्षधरको पत्र

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आयोजना स्थल भृकुटीमण्डपको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेको छ । जसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सो पक्षले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई मंगलबार पत्र लेखेको हो । ‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२।०९।२७ र २८ गते भृकुटीमण्डप, काठमाडौमा हुने भएको हुँदा उक्त स्थान असपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध छ, विशेष महाधिवेशन पक्षधरको सचिवालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखेको पत्रमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *