राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसको संस्थापनले ६ सिट पाउँदा इतर समूह ३ सिटमा सीमित
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा एमाले र जसपा नेपालसँग १८ सिटमा तालमेल हुँदा नेपाली कांग्रेसले ९ सिट भाग पाएको छ । सोही ९ सिटमा पनि पार्टीभित्र भागबण्डा भएको छ । जसअनुसार संस्थापन समूहलाई ६ र इतर समूहका नेता डा शेखर कोइरालालाई ३ उम्मेदवारको भागबण्डा गरिएको हो । निर्वाचन प्रक्रियाअनुसार आज उम्मेदवारी दर्ता हुँदैछ । आफूले पाएको भागमा डा. कोइराला समूहले मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष कर्ण मधेसको अपाङ्गता,अल्पसंख्यक, देवकोटा महिला र जंगली अपाङ्गता,अल्पसंख्यक क्लस्टरबाट उम्मेदवार बनेका हुन् । संस्थापन समूहले भने कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिलबहादुर थापा, मधेश प्रदेशबाट दलित कोटामा धर्मेन्द्र पासवान, गण्डकी प्रदेशबाट अन्य क्लस्टरमा प्रा।डा।जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट अन्य क्लस्टरमा चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट अन्य क्लस्टरमा ललतिजंग शाहीर सुदूरपश्चिम प्रदेशबाट अन्य क्लस्टरमा खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ । राष्ट्रियसभा उम्मेदवारमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भाग नदिइएको एक नेताले जानकारी दिए ।
















