गगन थापा नेता मात्र होइन, माक्स लिडर हो
काठमाडौ । गगन थापा, समकालीन राजनिज्ञहरुमा मलाई मन पर्ने नेता हुन्। उनी मलाई नेता भन्दा अझ माक्स लिडर भन्न मन लाग्छ । २०६०-६२ सम्झँदा,
उनी त्यो लिडर हुन् जो एकै पटक तत्कालिन राजासंग, माओवादिको बिद्रोहसंग र आफ्नै शक्तिशाली पार्टी सभापती गिरिजाप्रसाद कोईरालासंग लडिरहेका थिए। जतिबेला उनी केवल नेबिसंघको महामन्त्री थिए। आज नेविसंघ कता छ कसैलाई पत्तो छैन।
“गणतन्त्र जिन्दावाद” भन्दै सडकमा नारा लगाउँदा उनलाई राजाबादी, भारतिय दलाल जस्ता आरोप लगाई गिरिजाप्रसाद कोईरालाले जेल समेत पठाए। तर कुनै पनि हालतमा राजतन्त्र अस्विकार्य भएको कुरा गगनले उठाउन छोडेनन्। गणतन्त्रको पक्षमा चट्टानी अडान लिएका नरहरी आचार्य सहित गगन थापा लगायत युवाहरुको लाईनमा गिरिजाप्रसाद कोईराला समेत राजी बन्नु पर्यो।
सैद्धान्तिक हिसाबले नेपाली कांग्रेस बहकिएकै हो पछिल्लो समय। सत्तालाई केन्द्रमा राखेर पटक पटक गठबन्धनको पासोमा पर्दा कांग्रेस मात्र होईन यतिखेर ब्यबस्था नै कमजोर हुने अवस्थामा पुगेको छ। नेपालमा नेपाली कांग्रेस र बामपन्थी शक्तिहरुको एक आपसमा संघर्षपुर्ण सन्तुलन आवस्यक छ। त्यसका लागि पनि एकातिर नेपाली कांग्रेस र अर्कातिर नेपालको कम्युनिस्ट भनिने पार्टिहरु मध्येको मुख्यधार भनि दावी गर्ने एमाले मजवुत बन्नु आवस्यक छ। तर अहिलेकै अवस्थामा नभई ती पार्टिहरुमा रिफर्म आवस्यक छ।
त्यो रिफर्मले कुनै ब्यक्तिलाई केन्द्रमा राख्ने होईन पार्टी केन्द्रमा रहनुपर्छ। कुनै नेताले पार्टी चलाउने होईन, नितिले चलाउने हुनुपर्दछ। यतिखेर गगन थापा र बिश्वप्रकाश शर्माहरुले आफ्नो राजनैतिक जीवन नै दाउमा राखेर त्यही सैद्धान्तिक जागरण र नितिगत पुनर्ब्याख्याका लागि संघर्ष गरिरहेका हुन् भन्ने लाग्दछ।
जम्मा ५५/५६ बर्षको उमेरसम्म मात्रै सक्रिय राजनिती गरेपछी आफुले पार्टिबाट अवकाश लिने घोषणा आजभन्दा ४ बर्ष अघि नै गरिसकेका गगन थापा होउन् वा आफू पराजित हुँदा समेत बिजयी बिपक्षिलाई फूलमाला लगाईदिएर बधाई दिन सक्ने, अवसर हुँदा हुँदै पनि लाभको पदहरु नलिएका अनि अरुलाई अवसर दिन प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका (यदि चाहेको भए समानुपातिक सुचिमा सुरक्षित हुन सक्थे) बिश्वप्रकाश शर्माहरुको नैतिकता नै आजका लागि सबैभन्दा ठूलो हतियार बनेको छ। यी दुई महामन्त्रीलाई साथ दिनेहरुको भरोसा सबैभन्दा बढी यिनै दुईको आह्वान हो भन्ने लाग्छ।
भोलिबाट शुरु हुने “विशेष महाधिवेशन” विशेष बन्नेछ।
शुभकामना
















