विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहन्थ्यौं, खुसी छैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्‍यौं । हामीलाई खुसी लागेको होइन, थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं । साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए । ‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ थापाले भनेका छन् ।थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् । उनले कांग्रेसमा नबोल भनेर कसैले भन्दैगर्दा बोल्न छाड्ने कोही पनि पार्टीमा नभएको थापाको भनाइ छ ।

‘कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो, यहाँ कुनै बा छैन, जसले नबोल भन्दैगर्दा बोल्न छाड्ने कोही छैन । हामी सबै बराबर छौं,’ थापाले भने । साथै, उनले थ पभने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सकदैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईंहरूको प्रयसाले कांग्रेसलाई ज्यूँदो राखेको छ ।’उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए । ‘नेपालका लाखौंलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन् । को सँग व्यक्त गरेको ? सरकारसँग । अनि सरकारमा को थियो ? हामी थियौं,’ उनले भने, ‘संसद्मा को थियो ? हामीसँग । व्यक्तिगत रुपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो । भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो ।’ उनले थप भनेका छन्, ‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपोबेबीको राजदेखि रिसाएको हो । रिसाएकै हो । चित्त दुखाएकै हो नि । हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो । विशेष अधिवेशन त्यसको एउटा प्रयास हो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *